दफा ५५
नेपाल राज्यबाहिर गरेको कसूरमा हुने सजाय
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले यस ऐन बमोजिम कसूर हुने कुनै काम नेपाल राज्यबाहिर रहेर गरेको भए तापनि त्यस्तो कसूर गरिएको कम्प्युटर, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्क प्रणाली नेपालमा अवस्थित भएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई यस ऐन बमोजिम मुद्दा चलाई सजाय गर्न सकिनेछ ।